एसईईको नतिजा सार्वजनिक

२३ श्रावण, काठमाण्डौ।  राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशित गरेको छ । शनिबार दिउँसो राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गरेको हो ।

विद्यालयबाट आएको मूल्यांकनलाई प्रमाणीकरण गरी सार्वजनिक गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसईई परीक्षा २०७७ को नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआर मार्फ प्राप्त गर्न सकिने बताएको छ ।

बोर्डले बोर्डको अफिसियल बेवसाइटबाट, नेपाल टेलिकमद कन्सेपट प्लसएडुसञ्जालनेपाल टेलिकमईकान्तिपुर र एनसेलको वेबसाइटबाट सार्वजनिक गरेको छ ।

यस वर्षको एसईई परीक्षा दिन ५ लाख १७ हजारले आवेदन दिएका थिए ।