१८ श्रावण, काठमाण्डौ। नेपाली बजारमा साताको दोस्रो दिन सोमबार पनि सुनको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर ९२ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै तेजाबी सुनको मूल्य पनि तोलामा एक सय रुपैयाँले घटेर ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।
चाँदीको मूल्य आज स्थिर छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार २८५ रुपैयाँ नै कायम गरिएको छ ।
[sidebar name="button post"]











