१४ श्रावण, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप ८६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौ जिल्लामा ५९७, भक्तपुरमा १०८ र ललितपुरमा १५५ जनामा कोरोना पुष्टि भएको हो।
त्यस्तै पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ३६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
देशभर हालसम्म ३० हजार ३९० जना सक्रिय संक्रमित छन्। त्यस्तै गत २४ घण्टामा १ हजार ३७३ संक्रमणमुक्त भएका छन्।
[sidebar name="button post"]











