१४ श्रावण, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ३६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार ९ हजार ५५५ पीसीआर परीक्षण गर्दा २ हजार ३३५ जना र ४ हजार ६८७ एन्टिजेन परीक्षण गर्दा १ हजार ३० जनामा संक्रमण पुष्टि भएको हो।
त्यस्तै गएको २४ घण्टामा देशभर १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने १ हजार ३७३ जना निको भएका छन् ।
देशभर हालसम्म ३० हजार ३९० जना सक्रिय संक्रमित छन्।
[sidebar name="button post"]











