उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त

१० श्रावण, काठमाण्डौ। नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिशमा श्रेष्ठलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राज्यमन्त्रीमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

संविधानको धारा ७६ (९) बमोजिम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री देउवासँगै रहने गरी श्रेष्ठलाई राज्यमन्त्री पदमा नियुक्त गरेकी हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी प्रधानमन्त्री देउवाले नै लिएका छन् ।

[sidebar name="button post"]