आजको मौसम : केही स्थानमा भारी र धेरै भारी वर्षाको सम्भावना

५ श्रावण, काठमाण्डौ। जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभरको मौसम मंगलबार सामान्यदेखि पूर्ण बदली भइ केही स्थानमा भारी र धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

मनसुन सक्रिय भएसँगै देशभरको मौसम बदली भएको छ । अहिले देशका विभिन्न स्थानमा स्थानमा वर्षा जारी रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बाग्मती, गण्डकी , लुम्बिनी तथा सुदूरपश्चचिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी / धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित भारी र धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

[sidebar name="button post"]