३ श्रावण, काठमाण्डौ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन् ।
प्रतिनिधिसभाबाट विश्वासको मत पाउनेवित्तिकै मोदीले ट्वीटरमार्फत देउवालाई बधाई दिएका हुन् । उनले प्रधानमन्त्री देउवालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । देउवाको कार्यकालमा द्विपक्षीय सम्बन्ध अझ गहिरो हुने पनि मोदीले बताएका छन् ।
Congratulations Prime Minister @DeubaSherbdr and best wishes for a successful tenure. I look forward to working with you to further enhance our unique partnership in all sectors, and strengthen our deep-rooted people-to-people ties.
— Narendra Modi (@narendramodi) July 18, 2021
[sidebar name="button post"]











