आज श्रावणको पहिलो सोमबार, कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् राशिफल !

आज मिति वि. सं. २०७८ साल श्रावण ४ गते। सोमबार। तपाईंको आजको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ):

तपाईंको दिन राम्रो तथा आनन्दमा बित्नेछ । शारीरिक तथा मानसिक रुपमा स्वस्थ हुनुहुनेछ । मध्यान्न पछी कुनै पनि शुभ कार्य नगर्नुहोला । बोलि तथा व्यवहारमा संयम राख्नुहोला । जसले तपाइलाई राम्रो गर्दछ। सत्रु सक्रिय हुने हुदा सजग रहनुहोला । आध्यात्मिक शिद्धि प्राप्त हुनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो):

व्यवसायमा फाइदा हुनेछ । सहयोगीबाट सहयोग प्राप्त हुनेछ। आर्थिक लाभ हुनेछ । प्रतिस्पर्धीलाई पराजित गर्न सकिनेछ। दिनको मध्यान्न पछि रमाइलो कार्यमा सहभागी हुने अवसर मिल्नेछ । मन प्रफुलित हुनेछ। नयाँ वस्त्र तथा घरायसी सामान खरिदाको लागि धन खर्च हुनसक्छ। मान सम्मान बढ्नेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा):

आज तपाईंको दिन बौद्धिक कार्य तथा चर्चामा बित्नेछ। तपाइ कल्पना र रचनात्मकता कार्यमा जोड दिनुहुनेछ । शारीरिक तथा मानसिक रुपमा सचेत रहनु होला। व्यवसाहिकहरुको लागि व्यापारमा फाइदा हुनेछ। घरमा शान्तिको वातावरण बनेछ । प्रतिस्पर्धाहरूको बीचमा विजयी हुनुहुनेछ। सहयोगीबाट सहयोग पाउने हुनेछ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो):

निरासपनाले मनलाई थकित बनाउने छ। जसको कारण तपाईं शारीरिक तथा मानसिक रुपमा अस्वस्थ अनुभव गर्नुहुनेछ। बसाइ सराइको लागि दिन राम्रो छैन । अचल सम्पति तथा वाहनको समस्याले सताउन सक्छ । साथिबाट सहयोग मिल्नेछ । शारीरिक उर्जा अनुभव गर्नुहुनेछ। धेरै विचारहरूले तपाईंको मनलाई विचलित गर्दछ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे):

छोटो यात्रा हुनेछ। विदेशीहरूले राम्रो समाचार पाउनेछन्। धन लाभ हुनेछ। नयाँ कामको थालनी गर्नको लागि राम्रो समय राम्रो छ। मध्यान्न पछी तपाइँ सहनशील हुनुहुनेछ। शारीरिक स्वास्थ्यमा समस्या आउन सक्छ। पारिवारिक तथा जमिन सँग सम्बन्धित समस्याले सताउन सक्छ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो):

मन स्थिर नहुने हुँदा कुनै पनि नयाँ कार्यको थालनी नगर्नु होला । बोलीमा संयमता राख्नुहोला । अन्यथा मन दुख्न सक्छ। परिवारका सदस्यसँग वादविवाद हुनसक्छ । शारीरिक तथा मानसिक स्वास्थ्यको ध्यान राख्न पाउनु हुनेछैन। दिउँसो पछिको तपाईंको दिन अनकुल हुनेछ। महत्त्वपूर्ण विषयमा साथिभाइसँग कुरा हुनेछ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते):

कलात्मक तथा सिर्जनात्मक क्षमत वृद्धि हुनेछ । मनोरंजन तथा वस्त्र खरिदमा धन खर्च हुनेछ । मध्याह्नपछि मनमा दुबिधा बढ्नेछ । जसको कारण सहिनिर्णय लिनको लागि कठिन हुनेछ । परिवारक सदस्यसँग विवाद बढ्नेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू):

तपाईंको उग्र तथा अनियन्त्रित व्यवहारको कारण समस्यामा पर्न सक्नु हुनेछ। आफन्त सँग केहि भना भन हुनसक्छ। दिनको मध्यान्न पछि मनलाई शान्त राख्न सक्नुहुनेछ। आर्थिक आयस्रोतको योजना हुनेछ । तपाईंको आत्मा बिस्वास बढ्नेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे):

व्यवसायको क्षेत्रमा लाभदायायक दिन रहेको छ । परिवारको सदस्यसँग रमाइलो वातावरण हुनेछ। कार्य क्षेत्रमा पद बढ्नेछ। साथी भाइसँग रमाइलो यात्रा हुनसक्छ । व्यापारमा लाभ हुनेछ। स्वास्थ्यमा समस्या हुनसक्ने हुदा सजग रहनु होला । व्यवसायमा बोलिमा बिशेस ध्यान दिनुहोला। अन्यथा समस्यामा पर्न सकिन्छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी):

तपाईंको दिन आनन्दमय हुनेछ। परिवारमा शुख शान्ति छाउनेछ । व्यवसायमा पद बढ्नेछ । व्यापारिक क्षेत्रमा समय अनकुल हुनेछ। सहकर्मचारीसँग सहकार्य हुनेछ। साथी भेट हुनेछ साथै रमाइलो स्थानको भ्रमण हुनेछ। आय बढ्नेछ व्यापारी हरुको लागि लाभ दायक समय रहेको छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा):

सिर्जनात्मक कार्यमा तपाईं उल्झनमा पर्नुहुनेछ । नयाँ कार्यको थालनी हुनेछ। लामो तिर्थयात्रा हुनसक्छ। व्यवसायमा लभ हुनेछ। स्वास्थ्यको बिशेस ध्यान दिनुहोला । परिवारमा खुशीको वातावरण छाउनेछ । माताको तर्फबट लाभ हुनेछ। उत्तम शुख प्राप्ति हुनेछ । सरकारी कार्यमा सफलता प्राप्त हुनेछ

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची):

संयमित भएर हिड्नु होला । नजिकका शत्रु बाट सजग रहनुहोला । स्वास्थ्यको बिशेष ध्यान राख्नुहोला । ज्ञान तथा विद्याप्राप्तिको लागि सहि समय रहेकोछ । विदेशमा रहेका मित्रको शुभ समाचार प्राप्त हुनेछ। व्यवसायमा सहयोग प्राप्त हुनेछन्। कसैसँग वादविवादमा नपर्नु होला ।

राशिफलले जे जस्तो भनेपनि तपाईंको दिन शुभ रहोस् ।

[sidebar name="button post"]