Ad #144479

३ श्रावण, काठमाण्डौ। प्रधानमन्त्री देउवाले राखेको विश्वासको मतको प्रस्तावमा मतविभाजन प्रक्रिया शुरु भएको छ। संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त भएका देउवाले आइतबार सदन सुरु भएको पहिलो दिनमै विश्वासको मत लिन लागेका हुन्। अहिलेसम्मको अवस्था हेर्दा सरकार टिकाउनका लागि देउवालाई चाहिने १३६ मत पुग्ने देखिएको छ।

देउवालाई उनकै पार्टी कांग्रेस, माओवादी केन्द्र र जसपाले मत दिने भएको छ। भने एमालेको माधव नेपाल पक्षले मत दिने विषयमा अन्योलतामा रहेको छ। नेपाल पक्षका केही सांसद संसद भवनबाट बाहिरिएका छन्।

यसैबीच छलफल अवधिभर बैठकमा अनुपस्थित रहेका एमाले अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली बैठकमा उपस्थित भएका छन्। छलफलका क्रममा प्रधानमन्त्री देउवाले ओली अनुपस्थित भएकोमा चित्त दुखाएका थिए।