Ad #144479

३ श्रावण, काठमाण्डौ। पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठक शुरू भएको छ । अपराह्न ४ बजे बैठक बस्ने कार्यक्रम तय भएपनि करिब ४५ मिनेट ढिला गरी बैठक शुरू भएको हो ।

संसदको आठौँ अधिवेशनमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने छन् ।

सम्भावित कार्यसूचीअनुसार सभामुखले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने कार्यक्रम रहेको छ ।