Ad #144479

३ श्रावण, काठमाण्डौ। एमालेका दोस्रो तहका नेता भिम रावलले सांसद पदबाटै राजिनामा दिएका छन् । उनले पार्टी भित्र देखिएको आन्तरिक विवाद किचलोका कारण राजिनामा दिएका हुन् ।

रावलले उच्च राजनीतिक तहमा अनैतिक गतिविधि देखिएको भन्दै आफू देश र जनविरोधी राजनीतिको मतियार नहुने प्रष्ट पार्दै रजिनामाको घोषणा गरेका हुन् ।

माधव नेपाल पक्षबाट पार्टी विवाद समाधान गर्न गठन गरिएको कार्यदलका संयोजकसमेत रहेका रावल पछिल्लो पटक प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णयबाट असन्तुष्ट रहेका थिए ।

नेपाल पक्षका अन्य सांसदहरुले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने तयारी गरेपनि रावलले यसप्रति असन्तुष्टि जनाउँदै सांसद पदबाटै राजिनामा दिएका हुन् । रावल अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित नेकपा एमालेका सांसद हुन् ।