Ad #144479

२ श्रावण, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ८ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको ६ हजार ८ सय ५८ पीसीआर परिक्षणका क्रममा १ हजार ३ सय १० र ३ हजार २ सय ८ एन्टीजेन परिक्षणका क्रममा ५६५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गएको २४ घण्टामा देशभर २१ जना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ५ सय २७ पुगेको छ।

त्यस्तै गत २४ घण्टामा २ हजार १ सय ६४ जना कोरोना संक्रमणमुक्त भएका छन्। देशभर हाल २५ हजार ९५२ जना सक्रिय संक्रमित छन्।