Ad #144479

२ श्रावण, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप ४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौमा २९९, भक्तपुरमा ५२ र ललितपुरमा ७७ जना संक्रमित थपिएका हुन्।

त्यस्तै पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ८ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २१ जनाको मृत्यु भएको छ।

त्यस्तै गत २४ घण्टामा २ हजार १ सय ६४ संक्रमणमुक्त भएका छन्। देशभर हाल २५ हजार ९५२ जना सक्रिय संक्रमित छन्।