Ad #144479

१ श्रावण, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप ५४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौमा ३४३, भक्तपुरमा ६२ र ललितपुरमा १३६ जना संक्रमित थपिएका हुन्।

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४३ जना संक्रमितको मृत्यु भएको छ।

त्यस्तै शुक्रबार १ हजार ७ सय ७५ संक्रमणमुक्त भएका छन्।