Ad #144479

१ श्रावण, काठमाण्डौ। पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ९ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार १८२ जनामा परीक्षण गर्दा सो २९३६ जनामा संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा देशभर ४३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ५ सय ६ पुगेको छ।

त्यस्तै २४ घण्टामा १७७५ जनामा संक्रमणमुक्त भएका छन् । देशभर हालसम्म २६ हजार ८२७ जना सक्रिय संक्रमित छन्।