नेपाली चलचित्र निर्माणसँगै अभिनयमा सक्रिय नायिका ऋचा शर्माले आज आफ्नाे जन्मदिन मनाइरहेकी छिन् । नेपाली फिल्म क्षेत्र ‘फस्ट लभ’बाट चलचित्रमा प्रवेश गरेकी नायिका ऋचाले आफ्नो जन्मदिन मनाइरहँदा सन्तानलाई जन्म दिने दिनको प्रतिक्षामा छिन् ।
नेपाली फिल्म क्षेत्रकी प्रतिभाशाली अभिनेत्री शर्मा आजबाट ३३ पूरा भएर ३४ बर्षमा लागेकी छिन। उनले आज परेको आफ्नो जन्मदिन घरपरिवारसँग घरमै मनाउँदै छिन् ।
डेढ बर्ष अगाडि आफ्नो प्रेमलाई वैवाहिक जीवनमा परिणत गरेपछि ऋचाको करिअर सानो पर्दामा पनि केन्द्रित छ । उनी ‘कमेडी च्याम्पियन’को निर्णायकको कुर्सीमा बसेर आफूलाई नयाँ ढंगको भूमिकामा ढालिरहेकी छिन् ।
ऋचाको करिअरमा केही हिट र केही संझनलायक चलचित्रहरु छन् । उनले अभिनय गरेका ‘लुट, टलक जंग भर्सेस टुल्के, को आफ्नो, हाइवे, उमा’ लगायतका चलचित्रले उनको अभिनयको नयाँ आयम कोरेका छन् । यी बाहेक ‘लुट २, भिसा गर्ल, आधा लभ, मेरो लभ स्टोरी, सुनकेसरी’ लगायतका चलचित्रले पनि दर्शकमाझ उनलाई स्थापित गराएका छन् ।












