Ad #144479

१ श्रावण, काठमाण्डौ। प्रधानमन्त्री शेरबहादुर देउवा सरकारी निवास बालुवाटार सरेका छन्।

उनी बिहान १० बजेको शुभसाइतमा निजी निवास बूढानीलकण्ठबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सरेका हुन्।

नेपाली कांग्रेसका सभापति देउवा प्रधानमन्त्री नियुक्त भएपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटारस्थित सरकारी निवास छाडेका थिए ।