Ad #144479

१ श्रावण, काठमाण्डौ। नेपाल कम्युनिस्ट पार्टीमा महासचिव नेत्र विक्रम चन्द विप्लवले आफ्नो राजनीतिक गतिविधिलाई तीव्र बनाएका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता माधव नेपालसँग भेटवार्ता गरेका उनले आज जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईसँग भेट गरेका छन् ।

धर्मेन्द्र बास्तोलालाई लिएर शुक्रबार विहान भट्टराईको निवास पुगेर विप्लवले भेटवार्ता गरेका हुन् । नेताहरुबीच समसामयिक राजनीतिक घटनाक्रमका विषयमा कुराकानी भएको भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले बताए ।

विप्लवले पूर्ववत् सरकारले आफूहरूसँग गरेको तीन बुँदे सहमति कार्यान्वयनका विषयमा नेताहरुसँग चासो राख्दै आएका छन् । ओली सरकारसँग तीनबुँदे सहमति गरी शान्तिपूर्ण राजनीतिमा आएका​ विप्लवले भेटघाटमा तीव्रता दिएपछि​ पूर्वमाओवादी समूहरूको एकता बहसमा आएको छ ।