३१ असार, काठमाण्डौ। निषेधाज्ञाबारे छलफल गर्न काठमाण्डौ उपत्यकाभित्रका प्रमुख जिल्ला अधिकारीहरू आज संयुक्त बैठक बिहीबार आज बस्दै छ ।
लामो दुरीका गाडी नचल्दा नागरिकले धेरै दुख पाएको भन्दै जोर-बिजोर प्रणालीमा भए पनि सार्वजनिक गाडी चलाउन दिने तयारी बारे उपत्यकाका सिडिओहरू बैठक आज बस्न लागेको हो ।
काठमाण्डौ उपत्यकामा निषेधाज्ञालाई निरन्तरता नै दिने तयारी भएको छ । अहिलेको जस्तै खुकुलो बनाएर केही दिन निषेधाज्ञालाई लम्ब्याउने तयारी गरिएको हो । स्रोतका अनुसार बैठक आज दिउँसो ४ बजे बैठक छ ।
काठमाण्डौ उपत्यकामा पूर्ण रुपमा निषेधाज्ञा खुला गरिएको छैन । उपत्यका भित्र सवारीहरु संचालन भएपनि काठमाण्डौ बाहिर जाने तथा आउने लामा दुरीका सवारी पास बिना संचालन गर्न पाइरहेका छैनन् ।
आजको बैठकले लामो दुरीका सवारी संचाल गर्ने नगर्ने वा स्वास्थ्य सचेततना अपनाएर संचालन गर्ने भन्नेबार निर्णय हुने बताइएको छ । आजको बैठकले लामो दुरीका सवारीहरुमा जोरबिजोर प्रणाली मार्फत संचालन अनुमती दिन सक्नेगरी निर्णय गर्न सक्ने सम्भावना छ । यद्यपी प्रमुख जिल्ला अधिकारीहरु पनि के गर्ने भन्नेबार अन्योलमै रहेको बताइएको छ ।
दोस्रो लहरको कोरोना महामारी नेपालमा फैलिएसँगै गत बैशाख १६ गतेबाट कोरोना नियन्त्रणका लागि काठमाण्डौ उपत्यकामा निषेधाज्ञा जारी गरिएको थियो ।
कोरोना महामारीको जोखिम केही कम भएसँगै निषेधाज्ञा पनि खुकुलो बनाइदैछ । पछिल्लो पटक थपिएको निषेधाज्ञा आज राति १२ बजे सकिंदैछ ।












