२९ असार, काठमाण्डौ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई नेपालको संविधानको धारा ६५(५) अनुसार प्रधानमन्त्री पदमा अपरान्ह चार बजे नियुक्त गरेकी हुन् ।
उनलाई आजै शपथ ग्रहण गराउने तयारी राष्ट्रपति कार्यालयले गरेको छ ।देउवाको शपथ ग्रहण साँझ ६ बजेका लागि तोकिएको छ । सर्वोच्च अदालतले ४८ घण्टाभित्र नेपाली कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो ।













