२६ असार, सुर्खेत । नेपाल विद्युत प्राधिकरण सुर्खेतले शनिबार कर्णालीका पाँच जिल्लामा विद्युत अवरुद्ध हुने जनाएको छ । प्राधिकरणका अनुसर आज बिहान नौ बजेदेखि साँझ पाँच बजेसम्म सुर्खेतसहित पाँच जिल्लामा विद्युत सेवा अवरुद्ध हुने भएको हो ।
विद्युत सेवा अवरुद्धको समयामा आज कोहलपुर सुर्खेत ३३ केभीए विद्युत प्रसारण क्षेत्रमा रुखका हाँगाबिगाहरु काटिने जनाइएको छ ।
कोहलपुर-सुर्खेत प्रसारण क्षेत्रमा बर्दिया राष्ट्रिय निकुञ्जसहित अधिकांश भागमा जंगल पर्छ, रुखका हाँगाबिंगाहरु काट्नका लागि दिनभर आज विद्युत अवरुद्ध गरिएको प्राधिकरणले जनाएको छ ।
बर्खायाममा आउने हावाहुरीबाट रुखका हाँगाहरु खसेर तारमा टाँगिने र पटक-पटक विद्युत अवरुद्ध हुन थालेपछि रुखका हाँगा काट्न गर्न थालिएको प्राधिकरणले जनाएको छ ।
कोहलपुर सुर्खेत विद्युत प्रशारण बन्द हुँदा कर्णालीका सुर्खेतसहित दैलेख, कालीकोट, जाजरकोट, रुकुमपश्चिम र सल्यानको पश्चिम क्षेत्रमा विद्युत अवरुद्ध हुने कार्यालयले जनाएको छ ।












