२६ असार, काठमाण्डौ। प्रधानमन्त्री केपी ओली आज बाढी पहिरोले क्षति गरेको क्षेत्र सिन्धुपाल्चोक जाने भएका छन् ।
बाढी र पहिरोले क्षति पुर्याएको मेलम्ची खानेपानी आयोजनासहित सिन्धुपाल्चोकका विभिन्न ठाउँ र बस्तीको निरीक्षण गर्न नेपाली सेनाको हेलिकप्टरबाट बिहान १० बजे सिन्धुपाल्चोक जाने तयारी भएको छ ।
प्रधानमन्त्री ओली मेलम्ची बजार र हेलम्बुको गणेश बगरमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुने र बाढीरपहिरो पीडितलाई राहत प्याकेजको घोषणा गर्ने तयारी छ ।












