२५ असार, काठमाण्डौ। नेपाली बाजार साताको अन्तिम कारोबारको दिन शुक्रबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।
आज सुन तोलामा एक सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ४ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै तेजाबी सुन आजका लागि ९१ हजार ९ सय मूल्य निर्धारण भएको छ।
त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेको छ । शुक्रबार चाँदी प्रतितोला १३ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
[sidebar name="button post"]









