देशभर थप १८७५ जनामा कोरोना संक्रमण पुष्टि, २९ जनाको मृत्यु

२४ असार, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ८७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

५ हजार ३७४ पीसीआर परीक्षण गर्दा १ हजार २१८ जना र ५ हजार १३० एन्टिजेन परीक्षण गर्दा ६५७ गरी १ हजार ८७५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २९ जनाको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ३ सय २० पुगेको छ।

त्यस्तै गत २४ घण्टामा १ हजार २ सय ८६ संक्रमणमुक्त भएका छन् भने देशभर हालसम्म २६ हजार ४ सय ४७ सक्रिय संक्रमित रहेका छन्।

[sidebar name="button post"]