२४ असार, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप ४२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाण्डौमा २८७, भक्तपुरमा ५८ र ललितपुरमा ८२ जना संक्रमित थपिएका हुन्।
त्यस्तै पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ८ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २९ जनाले ज्यान गुमाएका छन्।
हालसम्म देशभर २६ हजार ४ सय ४७ सक्रिय संक्रमित रहेका छन्।
[sidebar name="button post"]











