घट्यो कोरोना परीक्षण : आज कति थपिए देशमा कोरोना संक्रमित, कति भए कोरोनामुक्त ?

२० असार, काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ३ हजार २५६ जनाको पीसीआर परीक्षणबाट १ हजार ४२ र ४ हजार ८७६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५६१ जना गरी जम्मा १ हजार ६०३ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप २७ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने २ हजार ५५२ जना कोरोनामुक्त भएका छन्।

[sidebar name="button post"]