२० असार, काठमाण्डौ। स्मार्ट टेलिकमले ‘दुई पछि फ्री’ आकर्षक ग्राहक अफर ल्याएको छ । अब स्मार्टबाट स्मार्टमा फोन गर्दा पहिलो २ मिनेटको बाहेक बाँकी सबै अनलिमिटेड निःशुल्क भ्वाइस कल सुविधा प्रदान गरेको कम्पनीले नेपालको टेलिकम जगतमै पहिलो अफर ल्याएको जनाएको हो ।
कोरोना माहामारीका कारण लकडाउनद्वारा सृजित कठिन परिस्थितिमा ग्राहक वर्गहरुलाई सहजता प्रदान गर्ने उद्देश्यले कम्पनी यस खालको सेवा अफर ल्याएको स्मार्ट टेलिकमले जनाएको छ ।
अब स्मार्ट प्रयोगकर्ताहरुले मन खोलेर अनलिमिटेड कुराकानी सहजै गर्न सक्नेछन् । स्मार्टले यस अफरले आफ्ना प्रयोगकर्ताहरुसँगको सम्बन्ध अझ सहज र सबल बनाउने उद्देश्य रहेको छ ।
स्मार्टको यस अफरले आफ्ना प्रयोगकर्ताहरूको व्यावसायिक, सामाजिक तथा व्यक्तिगत जीवनमा टेवा पुग्नेछ भनी विश्वास राखेको छ ।
यस अफर प्रयोग गर्न स्मार्ट प्रयोगकर्ताहरूले निःशुल्क ८१४१८१८५८१३ डायल गर्नुका साथै थप जानकारीको लागि १४२४२/९६११००४२४२ मा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।











