बैतडीमा जीप दुर्घटना : दुई जनाको मृत्यु, १० जना घाइते

२० असार, धनगढी । बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको सिगास गाउँपालिका–३ लगनमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

से १ ज ७३९ नम्बरको जीप आइतबार बिहान दुर्घटना भएको हो । प्रहरीका अनुसार दुर्घटनामा परेर सिगास गाउँपालिका–३ का ४५ वर्षीय मान सिंह सावद र ६४ वर्षीय राम सिंह धामीको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएकाहरुमध्ये ४ जनाको अवस्था गम्भीर छ । सिगास गाउँपालिका ३ कै १८ वर्षीय योगेन्द्र धामी, १३ वर्षीय लक्ष्मण धामी, ४५ वर्षीय जयसिह धामी र ४० वर्षीय गौमती साउदको अवस्था गम्भीर रहेको छ ।

उनीहरुलाई उपचारका लागि डडेल्धुरा अस्पताल लैजाने काम भइरहेको छ । जीप सडकबाट झण्डै ५० मिटर तल खसेको छ ।

[sidebar name="button post"]