सुनको मूल्य २०० रुपैयाँले बढ्यो, कति पुग्यो तोलाको ?

२० असार, काठमाण्डौ। साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य थप २०० रुपैयाँले वृद्धि भएको छ । आज सुन प्रतितोला २०० रुपैयाँले वृद्धि हुँदै ९१ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज तेजाबी सुनको मूल्य समेत प्रतितोला २०० रुपैयाँले वृद्धि हुँदै ९१ हजार रुपैयाँ पुगेको छ ।

त्यसैगरी चाँदीको मूल्य समेत गत शुक्रबारको तुलनामा प्रतितोला १५ रुपैयाँले वृद्धि हुँदै आज एक हजार ३२५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

[sidebar name="button post"]