२० असार, काठमाण्डौ। शानदार जित निकाल्दै इंग्ल्याण्ड युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्ल्याण्ड पछिल्लो २५ वर्षमा पहिलोपटक युरोकपको सेमिफाइनलमा पुगेको हो।
शनिबार राति भएको क्वाटरफाइनलमा युक्रेनलाई ४-० ले सहजै पराजित गर्दै इंग्ल्याण्ड अन्तिम चारमा पुगेको हो । सन १९९६ मा पछल्लो पटक इंग्ल्याण्डले युरोकपको सेमिफाइनल खेलेको थियो । त्यो बेला जर्मनीसँग पेनाल्टीआउटमा पराजित भएको इंग्ल्याण्डले साढे दशक दशकपछि पेरि सेमिफाइनलमा स्थान बनायो ।
इंग्ल्याण्डले अब फाइनल प्रवेशका लागि डेनमार्कसँग खेल्नेछ।रोममा भएको खेलमा इंग्ल्याण्डलाई जित दलाउन कप्तान ह्यारी केनले २ तथा ह्यारी मगुएरे र जोर्डन हेन्डरसनले एक/एक गोल गरे ।
खेलको चौथो मिनेटमै केनले गोल गर्दै इंग्ल्याण्डाई अग्रता दिलाएका थिए । पहिलो हाफमा त्यही अग्रता कायम राखेको इंग्ल्याण्डले दोस्रो हाफमा तीन गोल गर्यो । ४६औं मिनेटमा मगुएरले गोल गर्दै अग्रता दोब्बर पारे । केनले ५०औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे भने हेन्डरसनले ६३औं मिनेटमा गोल गरे ।











