Ad #144479

२० असार, काठमाण्डौ। डेनमार्क २९ वर्षपछि युरोकपको सेमिफाइनलमा प्रवेश गरेको छ । युरोकप २०२० अन्तर्गत शनिबार राति भएको क्वाटरफाइनलमा चेक रिपब्लिकलाई २-१ ले पराजित गर्दै डेनमार्कले अन्तिम चारमा स्थान बनाएको हो । डेनमार्कको जितमा थोमस डिलानी र केसपर डोलबर्गले एक एक गोल गरे। टोली २-० गोलले पछाडि परेको अवस्थामा चेक गणतन्त्रका लागि प्याट्रिक सिकले गोल गरे।

प्रतियोगितामा उनको गोल संख्या ५ पुगेको छ। उनले सर्वाधिक ५ गोल गरेका क्रिस्टियानो रोनाल्डोको बराबरी गरेका छन्। डिलानीले ५ र डोलबर्गले ४२ औँ मिनेटमा गोल गरेका थिए। सिकले ४९ औँ मिनेटमा गोल गरेका थिए। डेनमार्क सन् १९९२ पछि पहिलोपटक युरो कपको सेमिफाइनलमा पुगेको हो। २९ वर्षपछि डेनमार्कले युरो कपको उपाधि जितेको थियो।

डेनमार्कले अब फाइनल पुग्न इंग्ल्यासँग खेल्नेछ ।