भारतबाट भन्सार छली गरी ल्याइएको ७० बोरा चिनीसहित सशस्त्र प्रहरीको टोलीले विराटनगरबाट ट्रक तथा चालकलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार सुनसरीको देवगञ्ज गाउँपालिका– २ का २८ वर्षीय राजेश कुमार खत्वी तथा को १ ख २१२९ नम्बरको ट्रकलाई प्रहरीले नियन्त्रणमा लिइएको हो ।
सशस्त्र प्रहरी बल मोरङका एसपी तिर्थ पौडेलका अनुसार विराटनगरस्थित सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्ट बखरी बीओपीका सशस्त्र प्रहरी निरीक्षक दिलबहादुर पन्तको टोलीले चिनीसहित चालक तथा ट्रकलाई नियन्त्रणमा लिएको हो ।
भारतबाट अवैध रूपमा ल्याइएको चिनी सुनसरीको अमरडुवामा ल्याएर राखिएको थियो ।
प्रहरीले बरामद गरेको चिनी २ लाख १० हजार मूल्य बरावरको रहेको छ । बरामद चिनी बीओपी बखरीले विराटनगर भन्सार कार्यालयमा बुझाएको प्रहरीले जनाएको छ ।
[sidebar name="button post"]











