१७ असार, काठमाण्डौ। राष्ट्रपति विद्यादेवी भण्डारीले आजबाट सुरु भएको राष्ट्रियसभालाई सम्बोधन गर्ने भएकी छन् । आफूलाई भेट्न आएका प्रधानमन्त्री केपी ओलीलाई उनले यस्तो चाहना राखेपछि सरकारले त्यसको व्यवस्था मिलाउने भएको छ ।
सम्बोधन भने असार २१ गते गर्ने तयारी भएको बुझिएको छ । यसअघि राष्ट्रपतिले राष्ट्रियसभालाई मात्रै सम्बोधन गर्ने चलन थिएन । संसद्को संयुक्त बैठकलाई राष्ट्राध्यक्षले सम्बोधन गर्ने परिपाटी रही आएको छ । तर वर्तमान राष्ट्रपति भने अनौठो कीर्तिमान कायम राख्न विगतदेखि नै प्रख्यात छिन् ।
[sidebar name="button post"]











