२४ घण्टामा थप २७६० जनामा कोरोना संक्रमण, ३३ जनाको मृत्यु

१७ असार, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,१३० जनामा गरिएको पीसीआर परीक्षणमा १८५७ र ३८५५ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९०३ जना गरी २७३० जनामा संक्रमण पुष्टि भएको हो ।

आज देशभर ३३ जना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेको संख्या ९ हजार १ सय ४५ पुगेको छ।

त्यस्तै बितेको २४ घण्टामा ४ हजार १७ संक्रमणमुक्त भएका छन्। देशभर हालसम्म ३१ हजार ३ सय ६८ सक्रिय संक्रमित रहेका छन्।

[sidebar name="button post"]