राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने तीनै जना पुर्पक्षका लागि कारागार चलान

राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने तीनै जना पुर्पक्षका लागि कारागार चलान भएका छन्। जिल्ला अदालत सुर्खेतले उनीहरूलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो।

सुर्खेतको गुर्भाकोट नगरपालिका स्थायी घर भएका दोमनबहादुर घर्ती, भूपेन्द्र बुढा र होटल सञ्चालक विनोद पुनलाई पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला अदालत सुर्खेतले जनाएको छ।

उनीहरूविरूद्ध मानव ओसारपसार, यौन दुर्व्यवहार र जबर्जस्ती करणीको मुद्दा दर्ता भएको थियो।

उनीहरूले राउटे समुदायका १९ र २३ वर्षकी युवतीलाई जेठ २१ गते होटलमा लगेर मदिरा सेवन गराई यौन दुर्व्यवहार गरेको भिडियो जेठ २३ गतेदेखि सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रहरीले तत्काल पक्राउ गरेको थियो।

न्यायाधीश डिलप्रकाश सापकोटाको एकल इजलासले यौन दुर्व्यवहार गर्ने तीन जनालाई कारागार चलान गरेको हो।

[sidebar name="button post"]