१६ असार, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप ५ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौका ४३६, भक्तपुरमा ४७ र ललितपुरमा ८९ जना संक्रमित थपिएका हुन्।
त्यस्तै पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ८ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। थप ४१ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार ५६१ रहेको छ। गत २४ घण्टामा ३ हजार ५९७ जना संक्रमणमुक्त भएका छन्।
[sidebar name="button post"]









