२४ घण्टामा थप २८९२ जनामा कोरोना संक्रमण, ४१ जनाको मृत्यु

१६ असार, काठमाण्डौ। पछिल्लो २४ घण्टामा नेपालमा थप २८ सय बढीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७१८७ जनामा गरिएको पीसीआर परीक्षणमा १८८९ जना र ४३८१ जनामा गरिएको एन्टिजेन परीक्षणमा १००३ जना गरी कुल २८९२ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै बितेको २४ घण्टामा ४१ जनाको मृत्यु भएको छ भने ३ हजार ५९७ जना निको भएको मन्त्रालयले जनाएको छ ।

 हाल देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार ५६१ रहेको छ । जसमध्ये ३० हजार ५४४ जना होम आइसोलेसनमा र ३०१७ जना संस्थागत आइसोलेसनमा छन् ।

[sidebar name="button post"]