त्रिभुवन विश्वविद्यालय खेलकुद निर्देशनालयका निर्देशक तथा सहप्राध्यापक डा. शंकर भण्डारीको कार दुर्घटनामा निधन

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय खेलकुद निर्देशनालयका निर्देशक तथा सहप्राध्यापक डा. शंकर भण्डारीको कार दुर्घटनामा परी मंगलबार साँझ निधन भएको छ।

डा. भण्ड‍ारी नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीका भाइ हुन्।

मंगलबार नवलपरासीको चरङ्गेमा भएको कार दुर्घटनामा उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।

चरङ्गेमा भएको दुर्घटनामा घाइते भएपछि भण्डारीलाई उपचारका लागि बुटवल लगिएको थियो। लुम्बिनी हृदयरोग तथा मुटु अस्पतालमा पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।

 

[sidebar name="button post"]