सर्वाधिक विजेतामध्येको एक जर्मनीलाई २-० गोलले पराजित गर्दै इङ्ल्यान्ड युरो कप २०२० को क्वाटरफाइनलन पुगेको छ।
मंगलबार राती आफ्नै घरेलु मैदान वेम्बलीमा भएको खेलमा इङ्ल्यान्डका लागि रहिम स्टर्लिङ र हेरी केनले एक एक गोल गरे। स्टर्लिङले ७५ र कप्तान केनले ८० औँ मिनेटमा गोल गरेका थिए। इङ्ल्यान्डले कुनैपनि प्रतियोगिताको नकआउट चरणमा ५५ वर्षपछि जर्मनीलाई हराएको हो।
तीनपटकको विजेता जर्मनी अघििल्ला लगातार तीन संस्करणमा कम्तिमा सेमिफाइनलसम्म पुगेको थियो। जर्मनी ग्रुप अप डेथबाट अगाडि बढेको थियो। त्यो समूहबाट आएका फ्रान्स र पोर्चुगल पनि बाहिरिसकेका छन्।
[sidebar name="button post"]









