स्वीडेनलाई पराजित गर्दै युक्रेन युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश

काठमाडौँ- स्वीडेनलाई पराजित गर्दै युक्रेन युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बुधबार बिहान सम्पन्न भएको राउण्ड अफ १६ को अन्तिम खेलमा स्वीडेनलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै युक्रेनले अन्तिम आठमा स्थान बनाएको हो  ।

निर्धारित ९० मिनेट १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो ।

अतिरिक्त समयको १ सय २०औँ मिनेटमा अर्टिमले गोल गर्दै युक्रेनलाई २-१ को महत्वपूर्ण जित दिलाए ।

जितसँगै युक्रेन क्वाटरफाइनलमा पुग्ने आठौं टोली बनेको छ ।  अब युक्रेनले क्वाटरफाइनलमा इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।

[sidebar name="button post"]