भारतबाट गाडी चोरी गरी नेपाल भित्र्याउने र नक्कली ‘ब्लु बुक’ बनाएर बेच्ने गिरोह पक्राउ

काठमाडौँ– चोरीका गाडीको नक्कली ‘ब्लु बुक’ बनाएर बेच्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भारतबाट गाडी चोरी गरी नेपाल भित्र्याउने र नक्कली काजगातका साथै नक्कली ‘ब्लु बुक’ बनाएर बेच्ने गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

भन्सार छली चोरी पैठारी गरी काठमााडौँमा गाडी ल्याई नक्कली सवारी दर्ता किताब लगायतका कागजातहरु तयारी गरी कारोवार हुने गरेको विशेष सूचनाको आधारमा प्रहरीले दुई वटा हुन्डाइको क्रेटा गाडी नियन्त्रणमा लिएको थियो ।

पक्राउ पर्नेमा लमजुङ घर भइ सामाखुसी बस्ने कमल बाबु भट्ट, भक्तपुर चागुँनारायण बस्ने मधु सिलवाल र अरुण खड्का तथा मोरङ घर भइ शान्तिनगर बस्ने रेवतीरमण निरौला रहेका छन् ।

पक्राउ गरेका निरौलाको डेराबाट नक्कली शैक्षिक प्रमाणपत्र, सरकारी कार्यालयका छाप, होलोग्राम, लाइसेन्स, राहदानी लगायतका सामाग्री बरामद गरिएको छ ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको खापुङले बताए ।

[sidebar name="button post"]