युरोकप फुटबलमा आज पनि दुई खेल हुँदैछन् । आज हुने दुई खेलसँगै अन्तिम-१६ का सबै खेल सकिने छन् ।
आजको पहिलो खेलमा इंग्ल्यान्ड र जर्मनीबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेल स्वीडेन र युक्रेनबीच हुनेछ ।
इंग्ल्यान्ड र जर्मनीबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ । भने स्वीडेन र युक्रेनबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ । दुबै टिम आज जित निकाल्दै क्वाटरफाइनलमा पुग्न चाहन्छन्।
स्वीडेन र युक्रेनबीच पाँचौं पटक प्रतिस्पर्धा हुन लागेको हो । यसअघिको चार खेलमा स्वीडेनले २ हार व्यहोरेको छ । यस्तै एक जित र एक बराबरी खेलेको छ ।
[sidebar name="button post"]









