शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकमा डा.अनुप बास्तोला नियुक्त भएका छन् ।
डा. सागरराज भण्डारीले भोलिदेखि अवकाश पाउने भएपछि उनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्रीस्तरिय निर्णयबाट निर्देशक नियक्त गरिएको मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।
११ औं तहका बास्तोला यसअघि अस्पतालका प्रमुख कन्सल्ट्यान्ट थिए । स्वाइन-फ्लु, डेंगु र एड्स रोगविरूद्व काम गरेका डा. बास्तोलाले कोरोना महामारीमा अग्रपंक्तिमा रहेर काम गरिरहेका छन् ।
[sidebar name="button post"]









