साताको दोस्रो दिन सेयर बजारमा झिनो वृद्धि

काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयर बजारमा झिनो वृद्धि देखिएको छ । यस दिन परिसूचक ५.११ अंकले बढेर २८७५.४९ बिन्दुमा पुगेको छ । सेन्सेटिभ परिसूचक पनि ४.१७ अंकले बढेर ५३३.५७ बिन्दुमा पुगेको छ ।

यस दिन कुल ७ अर्ब ७२ करोड ५५ लाख १२ हजार ७ सय १६ रुपैयाँमा २१९ कम्पनीको १ करोड ९२ लाख ८२ हजार ८ सय १५ कित्ता सेयर किनबेच भएको छ ।

यस दिन बैंकिङ, होटेल तथा पर्यटन, लघुवित्त, जीवन बीमा, म्युचुल फण्ड र इन्भेष्टमेन्ट समूहका समूहगत परिसूचक बढेका छन् । बाँकी सबै समूहका परिसूचक घटेका छन् ।

यस दिन सबैको लघुवित्त वित्तीय संस्था र सिभिल लघुवित्त वित्तीय संस्थाको प्रतिशेयर मूल्य सबैभन्दा बढी ८ प्रतिशतका दरले बढेका छन् । त्यस्तै एचआईडीसीएल ७.६३ प्रतिशतले बढेको छ ।

[sidebar name="button post"]