काठमाडौं उपत्यकामा आजदेखि के–के खुल्छन् ?

काठमाडौं उपत्यकामा आजदेखि २५ सिटभन्दा बढीका सार्वजनिक सवारी साधन जोर बिजोरका आधारमा चल्न पाउने भएका छन्।

। ललितपुर जिल्ला प्रशासन कार्यालयका प्रमुख ढुण्डीप्रसाद निरौलाका अनुसार विभिन्न व्यवसायमा निषेधाज्ञा खुकुलो बनाइएको छ ।

औषधि तथा स्वास्थ्य सामग्री, सम्बन्धी पसल जुनसुकै समयमा निर्वाध रुपमा सञ्चालन गर्न पाउने भएका छन्।

त्यस्तै खाद्यान्न दुध तथा दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, माछा, मासु, पुजा सामग्री विक्रि वितरण गर्ने पसलहरू, खेलकुद सामग्री पसल, स्टेशनरीरपुस्तक पसलहरू बिहानदेखि साँझ ६ बजेसम्म सञ्चालन गर्न पाउने भएका छन्।

डिपार्टमेन्टल स्टोर, सपिङ मल, खेलकुद सामग्री पसल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्ट आइटम, टेलरिङ, सुन पसल, भाँडा, भान्सा जन्य, विद्युतीय घरायसी सामग्री, अटोमोबाइल सोरुम, अटोमोबाइल पार्टस पसल, इलेक्ट्रोनिक पसल हार्डवेयर पसल, बिजुलीका सामान, स्यानिटरी पसल, टायल, मार्बल, फर्निचर, कार्पेटिङ) लगायत अन्य पसल र व्यवसाय बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।

सोमबार बिहान बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले यो निर्णय गरेको हो।

[sidebar name="button post"]