काठमाण्डौ – काठमाण्डौ उपत्यकामा भोलिदेखि सार्वजनिक गाडी सञ्चालन हुने भएको छ ।
उपत्यकामा ट्याक्सी तथा निजी गाडी भने अघिल्लो हप्तादेखि नै सञ्चालनमा आइसकेका छन् । यस्तै उपत्यकामा लागू भएको निषेधाज्ञा एक हप्ताका लागि थपिएको छ ।
काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको आज बिहान बसेको बैठकले भोलिदेखि २५ सिटभन्दा ठूला सार्वजनिक गाडीलाई जोर बिजोर नम्बरका आधारमा सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
काठमाण्डौ उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू भएको हो । पछिल्लो पटक थपिएको निषेधाज्ञा आज राति १२ बजेदेखि सकिँदैछ ।
[sidebar name="button post"]









