काठमाडौं । यूरो २०२० को नकआउट चरणमा आज दुई खेल हुँदैछन् । राति ९ः४५ बजे शुरु हुने पहिलो खेलमा स्पेन र क्रोएसिया आमनेसामने हुँदा राति १२ः४५ बजे फ्रान्स र स्विट्जरल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।
डेनमार्कको पार्केन एरिनामा हुने खेलबाट स्पेन र क्रोएसिया दुबै टिम जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा हुनेछन् । स्पेनले समूह ‘ई’ बाट उपविजेता बन्दै नकआउट चरणमा स्थान बनाएको हो ।
उसको ३ खेलमा ५ अंक जोडेको थियो । क्रोएसियाले समूह ‘डी’ बाट उपविजेता बन्दै अन्तिम १६ मा स्थान पक्का गरेको हो । क्रोएसियाले ३ खेलमा ४ अंक जोडेको थियो ।
[sidebar name="button post"]









