काठमाडौँको थापाथलीमा ट्रक र मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु भएको छ।
थापाथलीबाट माइतीघरतर्फ जाँदै गरेको ना ६ ख ३३०२ नम्बरको ट्रक र माइतीघरबाट थापाथली जाँदै गरेको प्रदेश–०२–०२६ प ११८१ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिँदा दोलखा घर भई काँडाघारी बस्दै आएका २९ वर्षीय अर्बत खड्काको शनिबार मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते खड्काको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा निधन भएको प्रहरीले जनाएको छ। सो दुर्घटनामा रामेछापका २३ वर्षीय कृष्ण खड्का घाइते भएका छन्।
। प्रहरीले ट्रक चालक हीरालाल बललाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।
[sidebar name="button post"]









