११ असार, काठमाडौं । सरकारले कोरोना भाइरस नियन्त्रणका लागी जारी निषेधाज्ञालाई खुकुलो बनाएपछि वायुसेवा कम्पनीलाई उडान सुचारु गर्ने बाटो खुलेको छ ।
यति एयरलाइन्सका अनुसार कम्पनीले स्वास्थ्य सम्बन्धी सम्पूर्ण मापदण्डको पूर्ण पालना गरि उडान थालिने छ । सरकारले एक साताको समय राखी १ जुलाईबाट उडान गर्न अनुमति दिएको हो ।
आगामी १७ गतेदेखि कोरोनाका कारण बन्द आन्तरिक उडान नियमित हुने भएपछि आन्तरिक वायुसेवा कम्पनीले धमाधम टिकट बुकिङ गर्न सुरु गरेका छन् ।
सरकारले साविकको तुलनामा ५० प्रतिशत पनि ननाघ्ने गरि उडान संख्या तय गरि आन्तरिक उडान शुरु गर्ने निर्णय गरेको हो ।
कम्पनीहरुका अनुसार यात्रुले टिकट काट्न मोवाइल एप, वेवसाइट, रिजर्भेसन, नजिकको सेल्स काउन्टर वा ट्राभल एजेन्सीबाट समेत सक्ने भएका छन् ।
[sidebar name="button post"]











