कोरोना भाइरसविरूद्धको ‘भेरोसेल’ खोपको दोस्रो डोज असार २२ गतेदेखि लगाइने

काठमाडौँ — सरकारले कोरोना भाइरस विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएकालाई असार २२ गतेदेखि दोस्रो मात्राको खोप दिने जानकारी गराएको छ ।

भेरोसेलको पहिलो मात्रा यही जेठ २५ गतेदेखि २९ गतेसम्म देशभर दिइएको थियो । ६० देखि ६४ वर्ष उमेर समूहका नागारिकलाई भेरोसेलको पहिलो मात्रा खोप पाएका थिए । सरकारले चीनबाट अनुदानमा आएको १० लाख डोज खोपको पहिलो मात्रा गत जेठ २५ गते लगाएको थियो।

कोरोना भाइरसविरूद्धको ‘भेरोसेल’ खोपको दोस्रो डोज असार २२ गतेदेखि लगाइने भएको छ। चिनियाँ कम्पनी सिनोफार्मले विकास गरेको यो खोप यसअघि पनि सरकारले ८ लाख डोज लगाएको थियो।

भारतमा उत्पादन भएको कोभिसिल्ड खोप भने झन्डै १३ लाख मानिसले दोस्रो डोज लगाउन बाँकी छ। तर खोप आयात हुन नसक्दा दोस्रो डोज पाउने अनिश्चित बनेको हो।

[sidebar name="button post"]